जग्गा बिबादका कारण धारिलो हतियार प्रहार हुदा दुई जनाको ज्यान गयो ।

बाजुरा,२८ असोज ।

जग्गा बिबादका कारण धारिलो हतियार प्रहार हुदा बाजुराको त्रिवेणी नगरपालिका–८ कालापानीमा आज बिहान दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही वडाका मोहन गिरीका छोरा २७ वर्षीया नौले र ३२ वर्षीय अर्जुन गिरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार नौलेको घटनास्थलमै र अर्जुनको उपचारका क्रममा अछामको बयालपाटामा मृृत्यु भएको हो ।

घटनामा नरेश गिरी खुकुरी प्रहारबाट घाइते भएको निमित्त प्रहरी नायब उपरीक्षक जगदीश भट्टले जानकारी दिनुभयो । भट्टका अनुसार दाइ मोहन र भाइ गोरखबीच जग्गाका विषयमा भनाभन हुँदा खुकुरी प्रहार भएको थियो । भाइ गोरखका तीन छोराले खुकुरी, खुँडा र फलामको पाइपले हानेर एकको घटनास्थलमा नै एकको उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

घाइतेको बूढीगंगा नगरपालिकास्थित बडीमालिका पोलिक्लिनिकमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने गोरख तथा उनका २० वर्षीय छोरा योगेन्द्र र १६ वर्षीय दिनेशलाई प्रहरी नियन्त्रणमा लिइएको छ ।

 

प्रतिक्रया दिनुहोस्