अनलाइन दोहोरीका नाममा बढ्दै गएको बिकृती रोक्न सचेतिकरणको अभियान ।

सुर्खेत,२८ असोज ।
ईन्टरनेट पहुँचका कारण पछिल्लो केही समय यता अनलाइन दोहोरीका नाममा बढ्दै गएको बिकृती र बिसङ्गती न्यूनीकरणका लागि सचेतना मुलक अभियान थालिएको छ ।

लोकगित र लोक सस्कृतीका नाममा सामाजिक सन्जालको दुरुपयोग गरि बिकृती र बिसङ्गती बढेको भन्दै यसको न्यूनीकरणका लागि स्याङ्जा मग्याम चिसापानी अनलाइन दोहोरी घरले नेतृत्वदायी भुमिका निर्बाह गरेको हो ।

रोधिका नाममा सामाजिक संजालमा खोलिने अबैध ग्रुपबाट पछिल्ला दिनहरुमा लोकसस्कृती तथा सिङ्गो समाजमा नकारात्मक असर पर्न गएको बर्तमान परिपेक्षमा यस स्याङ्जा मग्याम चिसापानी अनलाइन दोहोरीले २०७३ सालमा बैधानिक रूपमा दर्ता भइ सचेतनामुलक शन्देशसहितको अभियान थालेको सस्थापक पदमराज सिग्देलले जानकारी दिए ।

उनका अनुसार यसका साथै पुराना लोक कलाकार, बाजागाजा पुरानो नेपाली रहनसहन तथा भेशभुसाका बारेमा समेत जानकारी आदानप्रदान गर्ने गरिएको छ । अनलाइन मार्फत यस दोहोरीमा जोडिएका देश बिदेशका सबै सदस्यहरुलाइ सचेतिकरणका साथै सामाजिक सन्जाल प्रयोग गरि नकारात्मक जन्य कृयाकलापले पार्ने असरका बिषयामा जानकारी दिने जस्ता कार्यहरु थालिएको उनले बताए ।

समयको परिवर्तन सङ्गै यसको सहि सदुपयोगले समाजमा पार्ने सकारात्मक पक्षको बारेमा दोहिरी गितका माद्यमबाट समेत जागरण फैलाउने कार्य थालिएको एडमिन टिके पङ्गेनिले बताए । यसका साथै यस दोहोरी घरले परम्परागत रुपमा रहेका पुराना लोकभाका र लोक सस्कृती र यसको पहिचानका निम्ति समेत बिबिध कार्यक्रम गर्दै आएको सयोजक उमा लम्लासको भनाइ छ ।

उनले अनलाइन दोहोरीका नाममा सामाजिक संजाल प्रयोग गरि यसको गलत फाइदा उठाउने प्रवृत्ति बोकेका केही ब्यक्तिका कारण सिङ्गो अनलाइन दोहोरी परिवार बदनाम हुन पुगेको भन्दै सचेत बनी अाधिकारिक रोधिमा रम्न रमाउन आग्रह समेत गरिन ।

महासचिव तिर्थराज पौडेलले रोधिले निकट भबिस्यमा कलाकार प्रशिक्षण र अवसरसहितको कार्यहरु संचालन गर्ने बताए । उनले यस दोहोरी परिवारले बेला मौकामा अान्तरिक प्रतियोगिता समेत गर्ने गरेको जानकारी दिए ।

 

प्रतिक्रया दिनुहोस्