विश्व हिन्दु परिषद नेपालद्वारा १२ जना पत्रकारहरु सम्मानित ।

काठमाडौं, २८ असोज ।

विश्व हिन्दु परिषद नेपालले पत्रकार धनराज वास्तविकसहित देशभरका १२ जना पत्रकारहरुलाई सम्मान गरेको छ ।

पत्रकार वास्तविक रिपोर्टर्स क्लब नेपाल, नेपाल वाँणी रेडियो नेटवर्क तथा हिमाली टाइम्स डट कमका काठमाडौ सम्बादाता हुन । राजधानी स्थित विश्व हिन्दु परिषद नेपालको कार्यलय बसुन्धारामा आज पत्रकार सम्मेलनको आयोजना गरि उनिहरुलाइ सम्मान गरिएको हो । सम्मानित हुनेमा राष्ट्रिय  समाचार समिति (रासस) मा कार्यरत अच्युत रेग्मी, हिमशिखर टेलिभिजनका विनोदकुमार कटुवाल, न्युज एजेन्सी नेपालका, मेननराज राजभण्डारी, गौरी मासिक पत्रिकाका पत्रकार अर्जुन लामिछाने, राष्ट्रिय समाचार समिति (रासस) का लक्ष्मी गारु छ्न ।

त्यस्तै थाहा खबरका दिपक केसी, हिमालयन टाइम्स दैनिक पत्रिकाको फोटो पत्रकार नवराज श्रेष्ठ, जनकल्याण प्रतिष्ठनद्वारा प्रकाशित एकल समाचार मासिक पत्रिकाको सम्पादक राजाराम दास,नयाँ पत्रिका दैनिकमा फोटो पत्रकार चन्द्रकला क्षेत्री (भगवती ) दि हिमालय टाईम दैनिकका फोटो पत्रकार बाल कृष्ण थापा क्षेत्री र मिडिया एनपी अनलाईन पत्रिकाका फोटो पत्रकार खिलराज बिमली सम्मानित भएका छन।

कार्यक्रममा विश्वहिन्दु परिषद अन्तराष्ट्रिय सह–महामन्त्रि तथा नेपाल प्रमुख स्नेहपाल सिँहले नेपाललाई हिन्दुराष्ट्र कायम गर्नको लागि नोपली जनताले नै पहल गर्नुपर्नेमा जोड दिए । उनले विश्वका हिन्दुहरुको आस्था रधरोहर नेपाल हो, यसलाई हिन्दु राष्ट्र कायम गर्नको लागि नेपाली जनता र पत्रकारहरुले भूमिका खेल्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापा मगरले नेपालको धर्म संस्कृतिको सम्वद्र्धन तथा सत्य सुचना प्रवाह गर्ने काममा पत्रकारहरु निरन्तर लागि रहेको बताउदै धर्मको नाममा समाजलाई विभक्त र बिभाजित बनाउनेहरुका बिरुद्धमा सकृय बन्न पत्रकारलाई सुझाव दिए ।

 

प्रतिक्रया दिनुहोस्