अन्ततः बद्री न्यौपाने नेतृत्वको चुरे भावर राष्ट्रिय एकता पार्टी, नेकपा एमालेमा समाहित ।

काठमाडौं, २८ असोज
राष्ट्रिय एकता, सार्बभौमिकता र स्वतन्त्रताका पक्षमा आफूलाई उभ्याउँदै आएको बद्री न्यौपाने नेतृत्वको चुरे भावर राष्ट्रिय एकता पार्टी, एमालेमा समाहित भएको छ ।

राजधानी काठमाडौस्थित राष्ट्रिय सभागृहमा आज आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले चुरे भावरलाई एमालेमा समाहित  गराउनु भएको हो । नेकपा एमालेले लिएको राष्ट्रियताको अडान, देशको समृद्धिका लागि लिएको नीतिका  कारण आफ्नो सिंगो पार्टी एमालेमा समाहित भएको न्यौपानेले बताउनुभयो ।

कार्यक्रममा एमाले अध्यक्ष ओलीले पार्टी एकताले शक्ति निर्माण गर्ने भन्दै बिचार मिल्ने, नीति र सिद्धान्त मिल्ने दलहरुका बीचमा भएको तालमेल र एकताबाट नआत्तिलन कांग्रेस लगायतका दलमा आग्रह गर्नुभयो ।

प्रतिक्रया दिनुहोस्