स्थिर रहन लोहनीको सुझाव ,राप्रपा प्रजातान्त्रिकमा विष्टलाइ वरिष्ठ उपाध्यक्षको जिम्मेवारी ।

काठमाडौ, २८ असोज ।

एकीकृत राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टी परित्याग गरि गएका वरिष्ठ नेता केशरबहादुर विष्टलाइ सफल र स्थिर राजनीति कार्यकालको सन्देश दिएका छ्न ।

डा.लोहनीले एक प्रेस बक्तब्य जारी गर्दै करिब छ महिना अघिमात्र एकीकृत राप्रपा (राष्ट्रवादी) मा प्रवेस गरेका विष्टले एकाएक पार्टी परित्याग गरि हिडेपछी यस्तो सन्देश दिएका हुन । उनले प्रेस वक्तव्यमा करिब छ महिनासम्म पार्टीमा रहदा पुराएको योगदानको सम्मान गर्दै जहाँ जुन पार्टीमा गएपनी स्थिर रहन भनेका छ्न ।

आज मात्र विष्टसहित ८५ जना केन्द्रीय सदस्य पशुपति शमशेर राणाले नेतृत्व गरेको राप्रपा (प्रजातान्त्रिक) मा प्रवेश गरेको थियो । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणाले राप्रपा राष्ट्रवादी समूहका नेताहरुलाई फुलमाला लगाएर पार्टी प्रवेश गराएका थिए।

प्रजातान्त्रिकमा विष्टलाइ वरिष्ठ उपाध्यक्षको पद 

८५ जना केन्द्रिय सदस्य लिएर राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) मा प्रवेश गरेका राप्रपा (राष्ट्रवादी) का सह–अध्यक्ष केशरबहादुर बिष्टले राप्रपा प्रजातान्त्रिकमा बरिष्ठ उपाध्यक्षको पद पाएका छन्।

राप्रपा प्रजातान्त्रिकले बिष्ट समूहलाई १ सह–अध्यक्ष, १ उपाध्यक्ष, २ महामन्त्री, ५ सह–महामन्त्री र ३ सहायक महामन्त्री पद दिएको छ। यस्तै, राजनैतिक समितिको सभापतिमा घनश्याम गिरीलाई नियुक्त गरिएको छ।

उपाध्यक्षमा विष्णुप्रसाद भट्टराई, महामन्त्रीमा मिरा राणा र रामु राईलाई नियुक्त गरिएको छ। सह–महामन्त्रीमा रुपा सिं थापा, श्याम केसी, तारक केसी, तराबहादुर बस्नेत, खड्गबहादुर शाह र सहायक महामन्त्रीमा श्याम थापा, किशोर गुरुङ, प्रकाश सुवेदीलाई नियुक्त गरिएको छ।

 

प्रतिक्रया दिनुहोस्