समुन्द्री आधिका कारण नेपाल र हङकङबीच आज हुने दोस्रो खेल स्थगित।

काठमाडौ, २९ असोज ।
आइसिसी विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङबीच आज हुने दोस्रो खेल स्थगित भएको छ।

हङकङमा शनिबारदेखि सुरु भएको समुद्री आँधी (टाइफुन) आजपनि जारी रहेकाले खेल स्थगित गरिएको हङकङ क्रिकेट एसोसिएसनले जनाएको छ। हङकङ क्रिकेटले सामाजिक सन्जालमार्फत खेल स्थगित भएको जानकारी दिएको हो। स्थगित खेल सोमबार हुने छ। नेपाल र हङकङबीच मङ कङमा दोस्रो खेल हुने तय छ।

 

हङकङमा आएको अाँधीले आजको खेल स्थगित हुन सक्के अनुमान गरिएको थियो।  रहन सक्ने हङकङको मौसम विभागले जनाएको छ।

 

प्रतिक्रया दिनुहोस्