हाम्रा हात हाम्रो भविस्य, आज विश्व हात धुने दिवश नेपालमा पनि मनाइदै ।

काठमाडौ,२९ असोज ।
आज विश्व हात धुने दिवस, नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रमको आयोजना गरी मनाईंदैछ ।

दिवशका अबसरमा यस बर्षको नारा हाम्रा हात हाम्रो भविष्य तय गरिएको छ । साबुन पानीले मिची मिची हात धोएमा नवजात शिशुको मृत्युदर उल्लेखनीय रुपमा घटाउन सकिने विशेषज्ञहरुले बताएका छन् ।

साबुन पानीले हात धोएमा झाडापखाला जस्ता रोगलाई ४० प्रतिशत र श्वासप्रश्वास सम्बन्धी संक्रमणलाई २३ प्रतिशतले घटाउन सकिने उनीहरुको भनाई छ । यो दिवस बालबालिकालाई लक्षित गरी मनाउन थालिएकाले उनीहरुलाई हात किन धुनुपर्छ भन्ने विषयमा जानकारी गराउन आज विभिन्न   ठाउँ ठाउँमा चेतनामूलक कार्यक्रम हुँदैछन् ।

वालवालिकामा आएको चेतनाले समाज परिवर्तनमा ठूलो भूमिका रहने भएकाले उनीहरुको विकास र स्वास्थ्यलाई मध्यनजर गर्दै सन् २००८, अक्टोबर १५ तारिखदेखि यो दिवस मनाउन थालिएको हो । विश्वमा सरसफाईमा ध्यान नपुर्‍याउँदा हरेक वर्ष लाखौं बालबालिकाको ज्यान जाने गरेको छ ।

 

प्रतिक्रया दिनुहोस्