उपसभामुख यादव नेकपा एमालेमा प्रवेश ।

काठमाडौ, २९ असोज ।
निवर्तमान उपसभामुख गंगाप्रसाद यादव नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बिहान आयोजित एक कार्यक्रममार्फत यादव एमालेमा प्रवेश गर्नुभएको हो । राप्रपा नेपालबाट समानुपातिक सांसद बनेका यादव ०७२ असोज २९ गते उपसभामुख चयन हुनुभएको थियो ।

शनिबार मध्यरातबाट संसदको अवधि सकिएलगत्तै आज बिहान यादव एमालेमा प्रवेश गर्नुभयो । यादव ०४८ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता समेत हुनुहुन्थ्यो ।

पञ्चायत पृष्ठभूमिका यादव ०२७ मा युवक संगठनको अध्यक्ष, ०३३ मा सप्तरीको साविक जोगिनिया गाविसको अध्यक्ष हुँदै ०३५ मा राजविराजको प्रधानपञ्च पनि बन्नुभएको थियो ।

 

प्रतिक्रया दिनुहोस्