एमाले अध्यक्ष ओलीको कटाक्क्ष: वाम गठबन्धनपछि केही शक्ति छाँयामा पर्ने डरले रन्थनिए ।

काठमाडौ, २९ असोज ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावको मुखमै मन्त्रिपरिषद् विस्तार गरेर प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रकै खिल्ली उडाएको भन्दै कडा रूपमा टिप्पणी गरेका छ्न ।

आज आफ्नै निवास भक्तपुरमा गरिएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले मन्त्रिपरिषद् विस्तार निर्वाचन आचारसंहिता विपरितको काम देउवाले गरेको भन्दै आलोचना गरे । चुनावको मुखमा मन्त्रिपरिषद् विस्तार हुँदासमेत कतैबाट बिरोध नभएको देख्दा आश्चर्य लागेको उनको भनाइ थियो ।

एमाले अध्यक्ष ओलीले सरकारले जस्तोसुकै हथकन्डा अपनाए पनि आगामी निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने दाबी गरे । ओलीले वाम गठबन्धनपछि केही शक्ति छाँयामा पर्ने डरले रन्थनिएको पनि जिकिर गरे ।

कार्यक्रममा अध्यक्ष ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी एमाले प्रवेश गर्ने निर्वतमान उपसभामुख गंगाप्रसाद यादव र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य दलबहादुर बस्नेतलाई स्वागत गरेका थिए ।( इमेज च्यानल)

 

प्रतिक्रया दिनुहोस्