दार्चुलामा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु ।

दार्चुला, २९ असोज ।

दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

घाँस काट्ने क्रममा भीरबाट लडेर मार्मा गाउँपालिका वडा नम्बर ५ का ५५ वर्षीया नर्मा धामीको मृत्यु भएको हो ।आज विहान घाँस काट्न गएका धामी भीरबाट लडेर ज्यान गएको पारिवारिक श्रोतले जनाएको छ । मृतक धामीको श्रीमान २ छोरा र २ छोरी छन् ।

दार्चुलाका ग्रामीण क्षेत्रमा घाँस काट्ने क्रममा वर्षेनि महिलाहरुको अकालमै ज्यान जाने गरेको छ ।

 

प्रतिक्रया दिनुहोस्