काेरिया जाने युवाकाे स्वास्थ्य परिक्षण कार्तिक १२ बाट हुने ।

काठमाडाै २९ असाेज ।
रोजगार अनुमती प्रणाली अन्तर्गत कोरियाको भाषा परीक्षा पास गरेका युवाहरुको आगामी कार्तिक १२ देखि स्वास्थ्य परिक्षण गरिने भएको छ ।

सन् २०१८ का लागि यसवर्ष १२ हजार १०८ युवाहरुले भाषा परीक्षा पास गरेका थिए । उत्र्तिणहरुको राजधानीका चारवटा अस्पतालमा स्वास्थ्य परिक्षण गरिनेछ इपिएस कार्यालय ग्वार्कोले कार्तिक १२ देखि लगातार नौं दिनसम्म स्वास्थ्य परिक्षण गरिने जनाएको हो । कार्यालयले रोजगारी आवेदनको लागि पनि नौं दिनको समय निर्धारण गरेको छ ।

रोजगारीका लागि युवाहरुले कार्तिक १६ देखि आवेदन पेश गर्नुपर्ने हुन्छ । कार्यालयले  शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकु, निजामती कर्मचारी अस्पताल मिनभवन, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन र कोरिया –नेपाल अस्पाताल ठिमीलाई स्वास्थ्य परिक्षण केन्द्र तोकेको छ ।

 

प्रतिक्रया दिनुहोस्