थारु पत्रकार संघ कैलालीको नया कार्यसमिति चयन ।

पवन मुडभरी कैलाली, २९ असोज ।

थारु पत्रकार संघ कैलालीको पहिलो बार्षिक साधारण सभाले पहुरा थारु दैनिकका कार्यकारी सम्पादक प्रेम दहितको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

कैलालीको कैलारी गाउँपालिकाको कोइलहीमा सम्पन्न सभाले उपाध्यक्षमा त्रिशक्ति एफएम भजनीका समाचार प्रमुख रामपति चौधरी, सचिवमा पहुरा थारु दैनिक मसुरिया ब्युरो प्रंमुख दिनेश दहित, सहसचिवमा हरचाली त्रैमासिकका सम्पादक सागर कुश्मी र कोषाध्यक्षमा रेडियो मनको मझेरी पहलमानपुरका स्टेशन म्यानेजर विवश चौधरीलाई चयन गरेको छ ।

समितिका अन्य सदस्यहरुमा भने क्रमश मुक्तिक डगर अनलाइनका सञ्चालक इन्दु चौधरी, सामुदायिक एफएम टीकापुरका दीलबहादुर चौधरी, कोसेली एफएम बौनियाका रबिना चौधरी, सखी एफएम मसुरियाका बीरबहादुर चौधरी, डौनाबेबरी एफएम पहलमानपुरका हेमा चौधरी र अनुमोदन दैनिकका प्रेम चौधरी रहेका छन ।

यस्तै कान्तिपुर दैनिकका टीकापुर समाचारदाता गणेश चौधरीको संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समिति पनि चयन गरिएको छ । जसको सदस्यमा डौनाबेबरी पहलमानपुरका सञ्चालक छोटेलाल चौधरी र एबीसी टेलिभिजनका समाचारदाता मुकेश चौधरी छन ।

बार्षिक साधारण सभाले कार्तिक १८ गते सुनसरीको झुम्काबजारमा हुने संघको छैठौं केन्द्रिय अधिवेशनमा सहभागिताका लागि सात जनाको नाम सिफारिस गरेको छ । जसमा संघका कैलाली अध्यक्ष प्रेम चौधरी, सचिव दिनेश दहित, कोषाध्यक्ष विवश चौधरी, सदस्य इन्दु चौधरी, सल्लाहकार संयोजक गणेश चौधरी, पहुरा थारु दैनिकका सहसम्पादक लखन चौधरी र मुक्तिक डगर अनलाइनका सम्पादक उन्नती चौधरी रहेका छन ।

जिल्लामा २७ जना थारु पत्रकार नेपाल पत्रकार महासंघका साधारण सदस्य रहेका छन । जसमध्ये ६ जना महासंघका कार्यसमितिमा, दुई जना केन्द्रीय पार्षद र दुई जना क्षेत्रीय पार्षद रहेका छन । राजधानी पछिको सबैभन्दा बढि मिडिया हाउस रहेको कैलाली जिल्लामा विभिन्न पदमा ५० जना जति थारु पत्रकार कार्यरत छन ।

 

प्रतिक्रया दिनुहोस्