घोडाघोडी नगरपालिकाद्वारा ७१ करोड ४० लाख बराबरको बजेट सार्वजनिक ।

कैलाली , २९ असोज ।

कैलालीको घोडाघोडी नगरपालिले आर्थिक बर्ष २०७४/२०७५ का लागि ७१ करोड ४० लाख बराबरको बजेट सार्वजनिक गरेको छ ।

नगरपालिकाको आज सम्पन्न दोस्रो नगरसभामा नगर प्रमुख ममता प्रसाद चौधरीले आर्थिक बर्ष २०७४/२०७५ को नीति तथा कार्यक्रमका लागि उक्त बजेट सार्वजनिक गर्नुभएको हो । जसमा आयतर्फ प्रस्तावित बजेट ७१ करोड ४० लाख ९० हजार ८ सय ५८ रुपैयाँ रहेको छ । चालु खर्चतर्फ २९ करोड २६ लाख ५८ हजार र पुजीगत तर्फ ४२ करोड १४ लाख ३२ हजार ८ सय ५८ रुपैयाँ छ ।

यसैगरी व्यवतर्फ चालु खर्च ससर्त अनुदान गरि १५ करोड ७९ लाख ७५ हजार ,सामाजिक सुरक्षातर्फ १० करोड १० लाख,६८ हजार, उपभोग्य तथा कार्यालय सँञ्चालन पदाधकारी सहुलियत समेत गरि ३२ करोड २ लाख ५० हजार, एलजीसीडिपी तलव भक्ता १३ लाख ६५ हजार गरि कुल चालुखर्च २९ करोड २६ लाख ५८ हजरिको बजेट प्रस्तुत गरियो ।

यस्तै वडा कार्यालयहरुलाई १० करोड ५ लाख रुपैयाँ  बिनियोजन गरिएको जानकारी दिइएको छ ।

नगरपालिकाको ससर्त तथा निर्शत कार्यक्रम सञ्चालनको लागी २२ करोड ७९ लाख ३२ हजार ५८ रुपैयाँ , विभिन्न  कोष रकम र लागत सहभागिताको लागी ५ करोड गरि कुल पुँजीगत खर्च ४२ करोड १४ लाख ३२ हजार ८ सय ५ रुपैयाँ प्रस्तुत गरिएको छ ।

नगरपालिकाको दोस्रो नगर परिषदमा सहभागी अधिकांश नगरवासिहरुले नगरपालिकाको निति कार्यक्रम र बजेट स्वागत योग्य रहेको बताएका छन् ।उनिहरुले आर्थिक बर्ष २०७४÷२०७५ को लागी नगरपालिकाले निती तथा कार्यक्रम राम्रो उठाएको र बजेट पनि प्रयाप्त रहेको भन्दै कार्यान्यनमा ल्याउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा घोडाघोडी नगरवासी, बिभीन्न राजनितीक दलका प्रतिनिधी,संघ सस्थाका प्रतिनिधी, पत्रकार लगाएतको उपस्थित रहेको थियो ।

 

प्रतिक्रया दिनुहोस्