म्याग्दी आसपासमा बिहानै भुकम्पको धक्का, ५ सेकेन्ड हल्लियो जमिन ।

म्याग्दी, ३० असोज ।

म्याग्दीको सदरमुकाम बेनीबजार तथा आसपासका क्षेत्रमा आज बिहान भूम्पकको धक्का महसुस गरिएको छ ।

आज विहान ५ बजे धौलागिरी गाउँपालिका वडा नम्बर ३ मुनामा केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको कारण करिव ५ सेकेन्ड जमिन हल्लिएको स्थानीयले बताएका छन् ।

त्यसैगरी बेनी आसपास र धौलागिरि गाउँपालिका– ७ को ताकमका पनि भूकम्पको ठूलै धक्का महसुस गरिएको बताइएको छ ।

 

प्रतिक्रया दिनुहोस्