ट्रक दुर्घटना हुदा बाकेमा चालकसहित तिनजना घाइते ।

कोहलपुर, ३० असोज ।
माल बाहक ट्रक दुर्घटना हुदा बाँकेमा तिनजना घाइते भएका छ्न ।

गएराति १ बजे चामल बोकेको लु १ ख ९४१३ नम्बरको ट्रक राप्ती सोनारी ९ झिझिरिखोलामा दुर्घटना हुँदा चालकसहित ३ जना घाईते भएका हुन

घाईते हुनेमा ट्रक चालक रुपन्देही सियारी–७ का २४ बर्षीय बिरेन्द्र चौधरी, ट्रकमा सवार ३१ बर्षीय ओमनाथ चौधरी र २१ बर्षीय सुरेन्द्र चौधरी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाईतेमध्ये चालकको अवस्था भने गम्भिर छ ।

दुर्घटनामा घाईते भएका सबैको मेडिकल कलेज कोहलपुरमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

 

प्रतिक्रया दिनुहोस्