रोल्पा यातायात प्रालिले सुरु गर्यो रोल्पा दिल्ली सिधा बस सेवा।

रोल्पा, ३० असोज ।
यातायात प्रदायक संस्था रोल्पा यातायात प्रालिले सदरमुकाम लिवाङबाट भारतको नयाँ दिल्लीका लागि सिधा बस सेवा शुरु भएको छ।

बस सेवा शुरु भएसँगै भारत जाने रोल्पालीलाई निकै सुविधा हुने भएको छ। हरेक हप्ताको बुधबार रोल्पा लिवाङ, प्युठान, भालुवाङ, नेपालगञ्ज हुँदै भारतको नयाँ दिल्लीका लागि बस सेवा शुरु गरिएको यातायात प्रालिले जनाएको छ ।

प्रालिका अनुसार हरेक हप्ताको शुक्रबार दिल्लीबाट रोल्पा लिवाङका लागि बस छुट्ने व्यवस्था गरेको जनाएको छ। यसअघि रोल्पा प्रालिले काठमाडौँ, नेपालगञ्ज र दाङजस्ता शहरमा दिवा र रात्रि बस सेवा दिँदै आएको थियो । प्रालिले जिल्लामै पहिलोपटक अनलाइन टिकट प्रणालीको समेत शुरुवात गरेको छ।

 

प्रतिक्रया दिनुहोस्