धनगढीमा भोलि ‘पहिलो रोटी मेला २०७४’ हुदै ।

कैलाली, ३० असोज ।

कैलालीको धनगढीमा भोलि ‘पहिलो रोटी मेला २०७४’ हुने भएको छ ।

रोटी खाउ, अर्थतन्त्र जोगाउ, स्वस्थ रहौ, पर्यटन बढाऔ भन्ने नाराका साथ टीकापुर पर्यटन समितीको आयोजनामा रोटी मेला २०७४ हुन लागेको हो । आयोजक समितीका अध्यक्ष थर्क बहादुर शाहीले दिएको जानकारी अनुसार भोली बिहान ११ बजेदेखि धनगढीस्थित जिल्ला समन्वय समितिको सभाकक्षमा मेला सञ्चालन हुनेछ ।

मेलामा सेलरोटी, फिनीरोटी, कागतेरोटी, नेवारी, सल्यानी, डोटेली, ढुकढुके रोटी, माडा, गुने, रानाथारु, तावा, रुमाले रोटी लगायतका परिकार प्रस्तुत गरिने आयोजकले जनाएको छ । टीकापुरमा पर्यटन क्षेत्रको विकास गर्न महोत्सव लगायत बेलाबखत बिभिन्न कार्यक्रम गर्दै आएको पर्यटन समितिले पहिलो पटक रोटी मेला गर्न लागेको हो ।

यस अघि पर्यटन समितिको आयोजनामा असोज १२ गते टीकापुरमा खिर महोत्सव सम्पन्न भएको थियो ।

 

प्रतिक्रया दिनुहोस्