कोहलपुरमा संचालित क्रिकेट प्रतियोगिताको उपाधी मध्यपश्चिम क्रिकेट क्लबलाई ।

संगिन शर्मा कोहलपुर, ३० असोज ।
कोहलपुरमा संचालित क्रिकेट प्रतियोगिताको उपाधी मध्यपश्चिम क्रिकेट क्लबले हात पारेको छ ।

आज सम्पन्न अन्तिम खेलमा  धनगढीको स्पार्क क्रिकेट एकेडेमीलाई ८० रनको फराकिलो अन्तरले पराजित गर्दै आयोजक मध्यपश्चिम क्लबले ट्रफी जितेको हो । कोहलपुरमा शनिबारदेखी सुरु भएको यू–१६ क्रिकेट सिरिजको तिन वटै खेलमा जित निकाल्न सफल भएको मध्यपश्चिम क्लबका सबै खेलाडीहरुले उत्कृष्ट खेल कौशलता प्रदर्शन गरेका थिए ।

सिरिजको अन्तिम खेलमा महत्पूर्ण योगदान पुर्याएका मध्यपश्चिम क्लबका टिम क्याप्टन अनुराज वली म्यान अफ द म्याच घोषित भए । सिरिजभर उत्कृष्ट प्रदर्शन गरेका मध्यपश्चिम क्लबका सौगात रानाभाटले उत्कृष्ट ब्याट्सम्यानका साथै म्यान अफ द सिरिजको उपाधि समेत पाएका छन । त्यसैगरी उत्कृष्ठ बलर रोहीत सापकोटा र उदयमान खेलाडीको उपाधी अरुण हरिजन प्राप्त गरे ।

सबै खेल जित्दै उपाधि चुम्न सफल भएको मध्यपश्चिमले नगद रु. ७ हजार ५ सय सहित ट्रफी प्राप्त गरेको आयोजक मध्यपश्चिम क्लबका कोच नितेष विष्टले जानकारी दिए ।

 

प्रतिक्रया दिनुहोस्