विश्व गरिबी निवारण दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै ।

काठमाडौ, ३१ असोज ।
आज विश्व गरिबी निवारण दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

सन् १९९३ देखि अक्टोवर १७ तारिखका दिन गरिवी निवारण दिवस विश्वव्यापी रुपमा मनाईदै आइएको हो । नेपालमा हाल कूल जनसंख्याको झण्डै आधा प्रतिशत गरिबीको रेखामुनी रहको तथ्यांक रहेको छ । राष्ट्रसंघले शिक्षा, स्वास्थ्य तगाएत दैनिक जीवनका १० वटा परिसूचकको आधारमा गरिबीको परिभाषा गरिएको छ भने दैनिक १ अमेरिकी डलर भन्दा कम आय भएका मानिसलाई गरिबीको सूचीमा राख्दै आएको छ ।

विश्वमा तीन अर्ब मानिस गरीबीको रेखामुनि रहेको संयुक्त राष्ट्रसंघको तथ्यांक छ । राष्ट्रसंघले दैनिक दुई अमेरिकी डलर भन्दा कम आम्दानी गर्नेलाई गरीबको सूचिमा राख्ने गरेको छ । तथ्यांक अनुसार विश्वका ८० लाख मानिसले पर्याप्त खान पाएका छैनन् ।

राष्ट्रसंघको सहस्राब्दी विकास लक्ष्य अनुसार विश्वका सबै मुलुकले आगामी सन १०१५ सम्मका आ–आफ्ना मुलुकबाट गरिबी र दरिद्रता अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् । नेपालमा हाल जनसंख्याको झण्डै आधा हिस्सा निरपेक्ष गरिबीको रेखामुनी रहको छ ।

 

 

प्रतिक्रया दिनुहोस्