बाकेको पुरैनिबाट पेस्तोलसहित तिनजना प्रहरी नियन्त्रणमा ।

नेपालगञ्ज, ३१ असोज ।
बाकेमा प्रहरीले अवैध कटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेपालगञ्ज–२२ पुरैनीका श्यामता लोनिया, डुडुवा गाउपालिका–३ का बाबुलाल पासी र डुडुवा–८ भुन्डुपुरुवाका शेर अली बागवान रहेका छन्। प्रहरीका अनुसार उनिहरुलाइ पुरैनिबाट पक्राउ गरिएको हो ।

२० हजार रुपैयाँमा अवैध पेस्तोल किनबेच भइरहेको अवस्थामा बाँके प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका अभियुक्तहरुलाई हतियार तथा खरखजाना ऐनअनुसार कारबाही गर्ने तयारी भइरहेको छ।

प्रतिक्रया दिनुहोस्