लागू औषधसहित कैलालीमा दुईजना पक्राउ ।

कैलाली, ३१ असोज ।

लागू औषधसहित २ जनालाई प्रहरीले आज बिहान  कैलालीमा पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालीका वडा नम्बर ४ का २२ वर्षीय भुपेन्द्र भट्ट र डडेल्धुरा दमडा गाउँपालिका–४ का करन भाट रहेको प्रहरीले जनाएको छ । भारतबाट लुकाइ छिपाइ लागू औषध ल्याउँदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

त्रिनगर प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा उनीहरुको साथबाट प्रहरीले २३ ट्याब्लेट स्पास्मो, १२ ट्याब्लेट नाईट्रोभेट, ३ पिस कोपट्याब लागू औषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिनुभयो ।

 

प्रतिक्रया दिनुहोस्