30 May 2020  |   शनिबार, जेष्ठ १७, २०७७

राष्ट्रसंघको मानव अधिकार परिषद्मा नेपाल निर्वाचित ।

    | प्रकाशित मितिः मङ्लबार, अशोज ३१, २०७४  

काठमाडौ, ३१ असोज ।
संयुक्त राष्ट्रसंघको ७२औँ महासभाले मानव अधिकार परिषद्मा नेपाललाई पनि निर्वाचित गरेको छ।

विभिन्न देशका क्षेत्रगत आधारमा रहने परिषद्मा कूल ४७ देशका प्रतिनिधि रहनेछन्। सोमबार भएको निर्वाचनमा नेपाल लगायत १५ नयाँ देशले उक्त परिषद्मा प्रतिनिधित्व गर्ने अवसर पाएका हुन्। एसिया–प्रशान्त क्षेत्रको चार खाली सदस्यमा भएको निर्वाचनमा नेपालसहित पाकिस्तान, कतार र अफगानिस्तान निर्वाचित भएका छन्।एसिया प्रशान्त क्षेत्रको चार सिटमध्ये एकमा नेपाल निर्वाचित भएको हो।

न्युयोर्कस्थित नेपाली स्थायी नियोगका प्रतिनिधि दुर्गा भट्टराईले नेपालले अन्तर्राष्ट्रियस्तरमा मानव अधिकारको क्षेत्रमा प्रतिबद्धता जनाएअनुसारको काम गरेकाले निर्वाचित हुन सफल भएको प्रतिक्रिया दिए। यसले नेपालको छवि अन्तर्राष्ट्रिय मञ्चमा बढाउन प्रेरक भूमिका निर्वाह गर्ने उनको भनाइ थियो। प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र संघको ७२औँ महासभालाई सम्बोधन गर्ने क्रममा उक्त परिषद्मा नेपालको पनि प्रतिनिधित्व गराउन प्रस्ताव गरेका थिए।

संयुक्त राष्ट्रसंघको विश्वभर मानव अधिकार रक्षा र प्रवर्द्धनका लागि स्थापित उच्चस्तरीय अन्तरसरकारी संयन्त्रका रूपमा उक्त परिषद्ले काम गर्ने गर्छ। नेपाल लगायतका देशले आगामी जनवरी १, २०१८ देखि उक्त परिषद्को जिम्मेवारी जेनेभास्थित कार्यालयबाट बहन गर्ने भएका छन्। नेपालले गत अगस्टमा न्युयोर्कस्थित स्थायी नियोगबाट उम्मेदवारी दिएको थियो।रासस

 

प्रकाशित मितिः मङ्लबार, अशोज ३१, २०७४     11:02:15 AM  |

प्रतिक्रया दिनुहोस्