माओवादीका मन्त्री बिना विभागिय, राप्रपाका मन्त्रीले पाए जिम्मेवारी, गृह र परराष्ट्र प्रधानमन्त्रीसँगै ।

काठमाडौ, ३१ असोज ।

प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीका तर्फबाट सरकारमा सहभागी भएकाहरुको जिम्मेवारी खोसेका छन्।

प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीलाई विना विभागीय बनाएका हुन्। यो सङ्गै राप्रपाका चार मन्त्रीले विभागीय जिम्मेवारी पाएका छन्। सपथ खाएको चार दिनपछि उनीहरुले मन्त्रालय सम्हालेका हुन्। अध्यक्ष कमल थापाले उपप्रधानसहित उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन्।

जयन्त चन्दले आपूर्ती, दीलनाथ गिरीले सहरी विकास र विक्रम थापाले महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। प्रधानमन्त्री देउवाले परराष्ट्र मन्त्रालय र गृह मन्त्रालय आफैसँग राखेका छन्। राप्रपाले जिम्मेवारी पाएसँगै माओवादीका मन्त्री विना विभागीय बनेका छन्।

माओवादीका तर्फबाट सरकारमा उपप्रधानसमाहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी कृष्णबहादुर महराले सम्हालेका थिए।  यस्तै, जनार्दन शर्माले गृह, गिरिराजमणी पोखरेलले स्वास्थ्य, महेन्द्रबहादुर शाहीले ऊर्जा, शिवकुमार मण्डलले आपूर्ति, टेकबहादुर बस्नेतले सामान्य प्रशासन र आशा कोइरालाले महिला बालबालिका मन्त्रीको जिम्मेवारी पाएका थिए।

 

प्रतिक्रया दिनुहोस्