पृथक मान्छेका मुक्तकिय सेअर: कतै छुरा, कतै तरवारदेखी साहुको तमसुकसम्म ।

मुक्तक – १
पर्खेर बस्नु नरुनु र आखिरमा माला चढाउनु
भित्ताको तिमीलाई हेर्ने तस्बिरमा माला चढाउनु
आमा मर्यो भने तिम्रो छोरो नरुनु है एकोहोरो
अब कहिल्यै नचल्ने मेरो शरीरमा माला चढाउनु ।

मुक्तक – २
ओखती भएपछि घाउको नुन चुक कसरी निदाउछ
छाती भित्रै बसेर बाउको ढुकढुक कसरी निदाउछ
बुझिन यहीँ कुरा र मलाई खाडी प्यारो लागेर आयो
बाबाको सिरानीमा साहुँकाे तमसुक कसरी निदाउछ।

मुक्तक – ३

खाडी पनि गतिलो संसार बन्दै छ
यतै को मान्छे दौँतरी यार बन्दै छ
जब पैसा नै कमाउने लोभ भयो
मरुभूमि नै मलाई उपहार बन्दै छ।

मुक्तक – ४
कतै छुरा अनि कतै तरबार जिन्दगीमा
यत्ती मिल्यो यो कुलाङ्गार जिन्दगीमा
जसले जे भने पनि सफल हुन सकिन
खर्च मात्रै धेरै गरियो बेकार जिन्दगीमा।

हिमाल ओली `पृथक मान्छे´
बाँसगढी १ बर्दिया
हाल सुन्धारा काठमाडौ

प्रतिक्रया दिनुहोस्