धर्म परिवर्तन बिरुद्ध हिन्दु जागरणको कैलालीमा महाअभियान ।

बिनोद देबकोटा बौनिया, १ कार्तिक ।
सनातन हिन्दु धर्म सस्कार र सस्कृतिको संरक्षणका निम्ति कैलालीमा चरणबद्ध अभियान सुरु भएको छ ।

जिल्लालाई धर्म परिर्बतन निषेधित जिल्ला घोषणाको लागि धर्म परिर्बतन बन्द गरौ र गराऔ, नेपालको मौलिक धर्म, संस्कार र संस्कृतिको संरक्षण गरी  देशको विविधता लाई नष्ट हुनबाट जोगाऔं भन्ने मुल नाराका साथ हिन्दु जागरण नेपालको भातृ संगठन हिन्दु जागरण युवा संघले धर्म संरक्षण अभियान शुरु गरेको हो ।

हिन्दु जागरण नेपाल जिल्ला शाखा कैलाली र  हिन्दु जागरण युवा संघ कैलाली शाखाको संयुक्त आयोजना तथा केन्द्रिय समितिको सहयोगमा अभियान सुरु भएको हो ।

अभियान अन्तरगत धर्म परिर्बतन विरुद्ध लाग्न सबै नागरीकलाई  माइकिङ्ग गरिनुका साथै जनचेतना जगाउने, प्रचा पम्पलेट बाड्ने, वाल पेन्टीङ्ग , हिन्दु जागरण नेपालको लोगो अंकित भेष्ट वितरण, सभासमारोह, जुलुस लगायतका कार्यक्रम पहिलो चरणमा शुरु गरिएको हिन्दु जागरण नेपाल जिल्ला शाखा  कैलालीका अध्यक्ष  देवानन्द न्यौपानेले जानकारी दिनुभयो ।

मंगलबारदेखि शुरु भएको अभियानमा जिल्लाको दक्षिण पुर्वि क्षेत्र टीकापुर चिसापानी देखि पुर्ब पश्चिम  महेन्द्र राजमागका विभिन्न  बजार हुदै  अत्तरीया धनगढीसम्म माईकिङ्ग र प्रचा पम्पलेट वितरण गरिएको छ ।

अब केहिदिन पछि जिल्लाका ग्रामिण बजार र गाउमा जनचेतना जगाउनका लागि अभियान सुरुहुने हिन्दु जागरण युवा संघ नेपालका चन्द्र पुरुषले बताउनुभयो । अभियानको पहिलो चरणमा करिब २० हजार बढी प्रचा पम्पलेट बाड्नुका साथै टीकापुर, लम्की, बौनिया, सुखड्, पहलमानपुर, चौमाला, अत्तरीया धनगढी बजारमा माइकिङ्ग गरिएको छ ।

अभियानमा हिन्दु जागरण नेपालका कैलाली जिल्ला अध्यक्ष देवानन्द न्यौपाने , हिन्दु जागरण युवा संघ नेपाल कैलालीका जिल्ला अध्यक्ष भवानी प्रसाद न्यौपाने, ब्राहमण समाज नेपाल कैलाली अध्यक्ष रामप्रसाद रिमाल, हिन्दु जागरण युवा संघ नेपाल तथा  कैलालीका जिल्ला पदाधिकारी हरु तथा धर्म प्रचारक विपी खनाल, कृष्ण बुढा, चन्द्र पुरुष, पुर्ण प्रसाद उपाध्याय,  हरीष शाही, पुष्कर सुनार, मेघराज कुवर, नरेश जोशी, हरी ओम शर्मा, विनोद देवकोटा, उमेश थापा, नरेश सञ्याल, राजेश देवकोटा, विकास थापा,  लालबहादुर नेपाली  लगायतकाको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्थानिय हरुको समेत उत्साह पुर्बक सहभागिता रहेको हिन्दु जागरण युवा संघ नेपालका  पुर्ण प्रसाद उपाध्याले जानकारी दिनुभयो । उहाका अनुसार हिन्दु जागरण युवा संघ नेपालले छिट्टै कैलाली जिल्लालाई  धर्म परिर्बतन निषेधित जिल्ला घोषणाको लागि तयारी समेत तिब्र गरेको छ ।

 

प्रतिक्रया दिनुहोस्