तिहारको अबसरमा बौनिया बजारमा सरसफाइ गरियो ।

बिनोद देवकोटा बौनिया १ , कार्तिक ।

हिन्दु नेपालीहरुको दोश्रो महान चार्ड तिहारको अबसरमा आज बिहान कैलालीको बौनिया बजारमा सरसफाई गरिएको छ ।

बौनिया बजार ब्यबस्थापन समितीको आयोजनामा उक्त कार्यक्रम गरिएको हो । सरसफाई कार्यक्रममा बजार ब्यबस्थापन समितिका अध्यक्ष रुपक सुनार, महासचिव दिनेश भन्डारी, सदस्य अमृता कुवर,वडा नम्बर २ का वडा अध्यक्ष भिक्कु चौधरी , वडा नम्बर ३ का वडा अध्यक्ष कर्ण सुनार, इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक भरतराज गिरी, प्रहरी , शसस्त्र प्रहरी , जुनकीरी नेपालका अध्यक्ष सुनिल भन्डारी , गायत्री परिवार बौनियाका श्याम भट्ट , विभिन्न राजनितिक दलका प्रतिनिधि, समाजसेवी ,, स्थानिय, पत्रकार लगाएतको सहभागिता थियो ।

सरसफाई कार्यक्रमपछि हिमाली टाइम्स सङ्ग छोटो प्रतिकृया दिदै बजार ब्यबस्थापन समितीका अध्यक्ष रुपक सुनारल बजारलाई सफा सुन्दर राख्नु यहाका ब्यापारी स्थानियको दाहित्व भएपनी स्थानीयस्तरमा सरसफाईको महत्व र जनचेतना जगाउन आफुहरुले यो अभियान सुरु गरेको बताउनुभयो ।

साथै उहाले सरसफाइ मात्रै गरेर फोहोर कहिल्यै ब्यबस्थापन गर्न नसकिने र यसको दिगो समाधनका लागि घर र बजार बाट निस्किने फोहोरलाई नै ब्यबस्थापन गर्नु पर्नेमा जोड दिनुभयो ।

 

प्रतिक्रया दिनुहोस्