राजपका नेताहरुको पार्टी कार्यालयमा धर्ना ।

काठमाडौ, १ कार्तिक ।
समानुपातिक सुचीमा नामै नसुनेका व्यक्तिहरु समावेश भएपछि यसको बिरोध गर्दै राष्ट्रिय जनशक्ति पार्टीका महासचिव केशव झा सहितका नेताहरुले पार्टी कार्यालयमा धर्ना दिएका छन्।

पार्टीका महासचिव केशव झा, पेशल ढकाल लगायतका नेता तथा कार्यकर्ताहरुले पार्टी कार्यालयको मूल ढोका अगाडि धर्नामा बसेका हुन्। नामै नसुनिएका र पार्टीको साधारण सदस्य समेत नरहेका व्यक्तिको नाम तत्काल हटाउन उनीहरुले माग गरेका छन्।

समानुपातिक सुचीमा पार्टीको पोर्टफोलियो अनुसार नाम सच्चाउन, आन्दोलनमा सक्रिय भूमिका निभाएका सक्षम महिलाहरुलाई स्थान दिन, प्रदेश सभा र प्रतिनिधि सभाको उम्मेदवार चयन गर्न तत्काल केन्द्रीय निर्वाचन समिति गठन गर्न, पार्टीका सबै निर्णयहरु र गतिविधिहरु सचिवालय संयोजन समिति मार्फत गराउन, यसअघि पार्टीको लाभको पदमा बसेकाहरुलाई समानुपातिक सूचिबाट हटाउन माग गरिएको छ।

४ गतेसम्म दैनिक ४ घण्टा धर्ना दिने र माग पूरा नभए ५  गतेबाट रिले अनशनमा बस्ने उनीहरुले  जनाएका छन्। स्याङ्जाकी नरमाया ढकाल, सोलुकी निमा छिरिङ शेर्पा र प्रदेश २ की निलमदेवी भुमिहारीको नाम तत्काल हटाउन समेत उनीहरुले माग गरेका छन्।

यसअघि पार्टीको लाभको पदमा बसेकालाई पनि हटाउन माग गरिएको छ। प्रदेश सभा र प्रतिनिधिसभाका उम्मेदवार छनौटको लागि तत्काल निर्वाचन समिति बनाउन समेत उनीहरुले माग गरेका छन्।

 

प्रतिक्रया दिनुहोस्