एआइजी लामा भन्नुहुन्छ : गुण्डागर्दीलाई परास्त गर्नु आफ्नो पहिलो प्राथमिकता ।

बाँके, १ कार्तिक ।
प्रदेश नम्वर ५ का प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मिङ्मार लामाले गुण्डागर्दीलाई परास्त गर्नु आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ ।

प्रदेश प्रमुख नियुक्तपछि पहिलोपल्ट बाँके–बर्दियाको सुरक्षा ब्रिफिङमा निस्कनुभएका लामाले आज नेपालगन्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाले जस्तोसुकै गुण्डागर्र्दी पनि प्रदेशभित्र हुन नदिन प्रहरी सक्रिय हुने बताउनुभयो । साक्षात्कारमा लामाले ५ नम्बर प्रदेशको अस्थायी राजधानी दाङको तुलसीपुरमा तोकिएको बताउँदै संघीय प्रहरी कार्यालय स्थापना भएपछि गुण्डागर्दीमा संलग्नलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याइएको बताउनुभयो । सोही अबसरमा एआइजी लामाले प्रहरीलाई प्रविधीयुक्त बनाइने बताउनुभयो ।

उहाले प्रहरीको आचरणको सन्दर्भमा प्रश्न उठ्न नदिन नागरिकमैत्री प्रहरी संगठन निर्माण आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो । उहाले  मानवअधिकारको सम्मान गर्दै पीडितमैत्री अनुसन्धान पद्धति अपनाउन प्रहरी अधिकारीहरुलाई एआइजी लामाको निर्देशन थियोे ।

उहाले अगैया जंगलमा मृत फेला परेका राष्ट्रिय बाणिज्य बैंक गुलरिया बर्दियाका प्रबन्धक प्रमोद बर्मा घटनाको बारेमा अनुसन्धान जारी रहेको पनि बताउनुभयो । उहाले कसैको पनि भनेकै आधारमा मुद्धा चलाउन नमिल्ने भएको बताउँदै अनुसन्धानलाई मूर्त रूप दिन अदालतमा अझै मुद्धा दायर नभएको बताउनुभयो । मुद्धा अदालतमा गएपछि अनुसन्धान गर्ने बाटो रोकिने बताउँदै उनले हद म्याद बाँकी रहेकाले अपराधी उम्की हाल्ने अवस्था नरहेको उहाको भनाइ थियो ।

 

 

प्रतिक्रया दिनुहोस्