आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय ८ औं जन्मजयन्ती मनाइदै ।

काठमाडौ, २ कार्तिक ।
बहुमुखी प्रतिभाका धनी महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय ८औं जन्मजयन्ती विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने देवकोटाको कविता र निबन्धमा विशेष योगदान छ । मुनामदन, सुलोचना, शाकुन्तलाजस्ता अमर कृतिका लागि कलम चलाएका देवकोटाको जन्म १९६६ साल कात्तिक २७ गते लक्ष्मीपूजाका दिन काठमाण्डुको डिल्लीबजारमा भएको थियो ।

साहित्यमा स्वच्छन्दतावाद रुचाउने महाकविलाई पछिल्लो पुस्ताले आधुनिक कविका रूपमा मान्ने गरेका छन् । उनको पहिलो प्रकाशित कविता सङ्ग्रह पहाडी पुकार हो । देवकोटाको पछिल्लो प्रकाशित कृति ‘नागरिक शास्त्र’ विसं २००८ लेखिएको भए पनि त्यसको प्रकाशन भने २०६८ सालमा भएको थियो ।

दश वर्षको उमेरबाट साहित्य रचना सुरु गरेका देवकोटाका पहाडी पुकार, पुतली, भिखारी, सुनको विहान, छहरा लगायत दर्जनौं कविता कृति, मुनामदन, राजकुमार प्रभाकर, कुञ्जिनी, मैना लगायतका खण्डकाव्य, महाकाब्वय, गीतिकाव्य र निबन्द सङ्ग्रह प्रकाशित छन् ।

देवकोटाले तीन महिनामा ‘शाकुन्तल’ १० दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका थिए । दरबार हाई स्कुलबाट आफ्नो पढाइ सुरु गरेका देवकोटाले बिए, बीएल र अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेका थिए । देवकोटाको निधन २९ भदौ २०१६ मा भएको थियो ।

 

प्रतिक्रया दिनुहोस्