डोटीमा बस दुर्घटना: तिन जनाको घटनास्थलमै मृत्यु, २१ घाइते ।

डोटी, २ कार्तिक ।

डोटीमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुदा तिन जनाको मृत्यु भएको छ ।

बागछेडाबाट कैलालीको धनगढी आउदै गरेको सदुरपश्चिम यातायातको ना ३ ख ५६४८ नम्बरको बस बडीकेदार गाउपालिकाको वडा नम्बर २ को खड्यौली बजार नजिक  दुर्घटनामा परेको थियो । दुर्घटनामा परि बसमा सवार अरु २१ जना घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको छ । घाइतेलाई उपचारका लागि धनगढी पठाइएको छ ।

दुर्घटनामा परि मृत्यु हुनेमा बडीकेदार गाउँपालिका–४ भुजालीका ४५ वर्षीय जगदीश चन्द, बडीकेदार गाउँपालिका–४ रोलकी ३५ वर्षीया मीना पुनमगर र बडीकेदार गाउँपालिका–४ पुन्ताराकी साढे तीन वर्षीया बालिका पुष्पा जेठारा रहेका छ्न ।

घाईते हुनेमा ४ जना बालक, ४ महिला तथा १३ पुरुष रहेको घटनास्थलमा रहनुभएका विपीनगर प्रहरी चौकीका ईञ्चार्ज तथा प्रहरी निरीक्षक रण बहादुर विष्टले जानकारी दिनुभयो । दुर्घटना लगत्तै चालक प्रकाश सिंह भने फरार रहेका छन ।

 

प्रतिक्रया दिनुहोस्