पाकिस्तानको भ्रष्टाचारविरोधी अदालतबाट नवाज शरिफ दोषी ठहर ।

काठमाडौ, २ कार्तिक ।
पाकिस्तानको एक अदालतले त्यहाँका पूर्वप्रधानमन्त्री नवाज शरीफविरुद्ध भ्रष्टाचारमा आरोप तय गरेको छ ।

बिहीबार अदालतले पूर्व प्रधानमन्त्री शरीफसँगै उनकी छोरी मरियम र ज्वाई अवकाश प्राप्त क्याप्टेन मोहम्मद सफदरविरुद्ध पनि आरोप तय भएको हो । उनीहरु विरुद्ध अन्य दुई मुद्दामा पनि बिहीबार नै आरोप तय हुने सम्भावना छ ।

६७ वर्षीय शरीफलाई गत जुलाई महिनामा सर्वोच्च अदालतले अज्ञात स्रोतबाट अघोषित आयको मामलामा प्रधानमन्त्री पदमा रहन अयोग्य ठहर गरेको थियो । अदालतको सो फैसलापछि उनले प्रधानमन्त्री पदबाट राजीनामा दिनु परेको थियो । शरीफ हाल लन्डनमा छन् भने उनकी छोरी पाकिस्तान मै छिन् ।(एजेन्सी)

प्रतिक्रया दिनुहोस्