धनगढीमा रहेको भट्टराई प्लाष्टिक शोरुमा आगलागी, नियन्त्रणको प्रयास जारी ।

बिनोद देवकोटा कैलाली, २ कार्तिक ।
कैलालीको धनगढीस्थित एक पसलमा आगलागी भएको छ । तिहार मनाउने क्रममा बालिएका मैनवत्तीबाट आगलागी भएको हो ।

धनगढी चौराहाको पुरानो भन्सार रोड नजिक रहेको भट्टराई प्लाष्टिक शोरुमा साझ ७ बजेतिर आगलागी भएको समाचार प्राप्त भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार अहिले पनि दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयले आगोलाई नियन्त्रणका लिने प्रयास गरिरहेका छन । आगलागीबाट ठुलो क्षति भएको अनुमान गरिएको छ । आगलागी भएको पसलसगै रहेको विराट डिजिटल फोटो स्टूडियोमा पनि क्षति पुगेका बताईएको छ ।

आगलागीको घटनाबारे पुरा विवरण आउन भने बाकी छ ।उक्त क्षेत्रमा सडकमा आवतजावत समेत बन्द गरि आगो नियन्त्रणको प्रयास भैरहेको जनाइएको छ ।

 

प्रतिक्रया दिनुहोस्