धनगढीस्थित भट्टराई प्लाष्टिक शोरुमा लागेको आगो करिब दुई घण्टापछी नियन्त्रणमा ।

बिनोद देवकोटा कैलाली, २ कार्तिक ।

कैलालीको धनगढीस्थित पुरानो भन्सार रोड नजिक रहेको भट्टराई प्लाष्टिक शोरुमा लागेको आगो नियन्त्रणमा आएको छ ।

तिहार मनाउने क्रममा बालिएका मैनवत्तीबाट साझ करिब ७ बजेतिर आगलागी भएको थियो । दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सक्रियतामा झन्डै दुई घन्टा पछि आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

आगलागीबाट ठुलो क्षति भएको अनुमान गरिएको छ । आगलागी भएको पसलसगै रहेको विराट डिजिटल फोटो स्टूडियोमा पनि क्षति पुगेका छ । आगलागीको घटनाबारे पुरा विवरण भने भोलि बिहान मात्र आउने प्रहरीको भनाइछ ।

 

प्रतिक्रया दिनुहोस्