भारतमा यातायात कार्यालयको छाना खस्दा ८ जनाको ज्यान ज्यान गयो ।

नयाँदिल्ली, ३ कात्तिक ।
भारतको तामिलनाडू राज्यमा अवस्थित यातायात कार्यालय भवनको छाना खस्दा कम्तीमा ८ जनाको ज्यान गएको छ ।

चेन्नईबाट करिब ३१२ किलोमीटर टाढा रहेको नागापट्टिनाममा रहेको सो राज्यको राज्य सरकारको यातायात निगम कार्यालय भवनको छाना खसेको र यसमा परी ८ जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।

मृत्यु हुने सबैजना सोही कार्यालयका कर्मचारी रहेका बताइएको छ । उक्त भवनको छाना आज बिहानीपख करिब साढे तीन बजे अकस्मात् खसेको थियो । त्यस समयमा ती व्यक्तिहरु सोही कार्यालयमा सुतेका थिए ।

त्यसमा परी अरु तीनजना घाइते भएका छन् । गम्भीर घाइते उनीहरुलाई भत्किएको सो भवनको भग्नावशेषबाट उद्धार गरेर अस्पताल भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ । भवन किन भत्कियो भन्नेबारेमा प्रहरीले अनुसन्धान थालेको छ ।

 

प्रतिक्रया दिनुहोस्