इजिप्टमा सुरक्षा फौज र इस्लामिक लडाकूबीच झडप ४५ जनाको मृत्यु ।

काठमाडौ, ४ कार्तिक ।

इजिप्टमा सुरक्षा फौज र इस्लामिक लडाकूबीच झडपमा ६५ जना मारिएका छन् ।

वेस्टर्न डेजर्टमा भएको झडपमा ५० भन्दा बढी सुरक्षा फौज र १५ जना लडाकू मारिएका हुन् ।

कायरोको दक्षिण पश्चिममा रहेको बहारिया क्षेत्रमा छापा मार्ने क्रममा रहेका प्रहरी र सशस्त्र फौजमाथि लडाकूले आक्रमण गरेका थिए । हास्म नामक उग्रवादी समूहसँग सम्बन्धित लडाकूले आक्रमण गरेका हुन् । यस समुहले यसअघि पनि सुरक्षा फौजलाई निशानामा पार्दै आएको थियो ।

 

प्रतिक्रया दिनुहोस्