१७ वर्षिय युबकको उदाहरणिय काम, हुम्लाका बिपन्न परिवारलाई खाद्यान्न सहयोग ।

उमेश थापा कैलाली, ४ कार्तिक ।
कैलालीको लम्कीचुहा नगरपालिकाका १७ बर्षिय युवा केपि खनालले फेसबुकबाट संकलन भएको रकमबाट हुम्लाको अदानचुली गाउँपालिकाका गरिब परिवारहरुलाई खाद्यान्न सहयोग गरी उदाहारणिय काम गरेका छन ।

खनाालले चाडपर्वलाई लक्षित गरि फेसबुकमा ” भोकै छ हुम्ला” अभियान संचालन गरेका थिए । उक्त अभियान बाट एकलाख रुपैया सङ्कलन भएको थियो । खनालले सोही रकमबाट अदानचुली गाउँपालीकाका २५ बिपन्न घरपरिवारलाई खाद्यान्न  सामग्री दाल, चामल, चिनी, तेल, साबुन ,मैदा लगाएतका सामग्री बितरण गरेका हुन ।

राहात बितरणकालागी अभियानकर्ता खनालको संयोजकतामा युवा कवि काशिराम बजगाइ र टंक बिष्टसहितको तीन सदस्यीय टोलि हुम्ला पुगेको थियो ।खनाल सामर्थ्य नेपाल प्रदेश न:- ७ संयोजक हुन ।

चाडपर्बलाई लक्ष्यित गरि गरिब तथा बिपन्न परिवारलाई खुसियाली संग चाडपर्ब मनाउन उक्त अभियान संचालन  गरेको उनले बताए । केही सामग्री ढुवानी समस्याका कारण पुर्याउन नसकिए पनि केही दिनपछि उक्त सामग्री त्यहाका  बिपन्न परिवारलाई बितरण गरिने खनालले जानकारी दिए ।

 

प्रतिक्रया दिनुहोस्