जनताले साथ दिए पुनः नेतृत्व लिन तयार छु- पुर्व राजा शाह ।

काठमाडौं, ४ कार्तिक ।
पूर्वराजा ज्ञानेन्द्र विरबिक्रम शाहले नेपाली जनताले साथ दिए यो मुलुकमा नेतृत्व आफुलिन तयार भएको बताउनुभएको छ ।

भाइटीका लगाएपछि आज पत्रकारलाई प्रतिक्रिया दिँदै पूर्वराजा शाहले आफू मुलुकको जिम्मेवारी लिन तयार रहेको तर त्यसका लागि सबै जनताको इच्छा हुनुपर्ने बताउनुभयो । उहाले देशमा असल ‘नेतृत्व नभए जस्तो देखिएको भन्दै अब आफ्नो समय आएको भन्दौ  नेपाली जनताले साथ दिए यो मुलुकको  जिम्मेवारी लिन र नेतृत्व दिन आफू तयार रहेको बताउनुभयो ।

जिम्मेवार नागरिकको हैसियतले आफूलाई देशको अवस्थाबारे चिन्ता र चासो हुनु स्वाभाविक भएको भन्दै पूर्वराजाले प्रतीकात्मक रुपमा राजनीतिक दलहरु निष्प्रभावी बनेको टिपण्णि गर्नुभयो ।

प्रतिक्रया दिनुहोस्