बाम गठबन्धनमा राष्ट्रिय जनमोर्चा पनि सामेल ।

काठमाडौँ, ४ कार्तिक ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच भएको बाम गठबन्धनमा राष्ट्रिय जनमोर्चा पनि सामेल भएको छ।

आगामी मङ्सिरमा हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्यूठान र वाग्लुङका केही क्षेत्रमा जनमोर्चालाई ठूला बाम दलले सघाउने भएपछि तीन दलबीच आज सहमति भएको हो।

सहमतिअनुसार प्यूठानको प्रतिनिधि सभाका जनमोर्चा र प्रदेशका एक÷एक क्षेत्रमा एमाले र माओवादी केन्द्रका उम्मेदवार हुनेछन् भने वाग्लुङमा प्रतिनिधि सभा १ र २ मा क्रमशः एमाले र माओवादी केन्द्र तथा सो जिल्लाका चार प्रदेश क्षेत्रमध्ये एमाले र माओवादी केन्द्रलाई एक÷एक र बाँकी दुई स्थान मोर्चालाई दिइने भएको छ।

सहमतिसँगै देशभर तालमेलको सन्देश प्रवाह गर्न र एकले अर्कोलाई सघाउने तीन दल सहमति भएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओली, केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले आज संयुक्तरुपमा जारी विज्ञप्तिमा जनाइएको छ।

 

प्रतिक्रया दिनुहोस्