मोटरसाइकल दुर्घटनामा परी बाँकेमा एकजनाको मृत्यु ।

कोहलपुर, ५ कार्तिक ।

मोटरसाइकल दुर्घटनामा परी बाँकेमा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

जिल्लाको वैजनाथ गाउँपालिका–५ रङ्गिला चोकमा भे४प ६८६० नंको मोटरसाइकल राति १२ बजे दुर्घटना भएको हो । दुर्घटनामा परि दैलेख नारायणपुर–९ बासकोटका १९ वर्षीया मंगला सुनारको मृत्यु भएको छ ।

तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक वैजनाथ–५ का २७ वर्षीय सुजन रावत गम्भीर घाइते भएका छन् । घाइते सुनारको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाकेले जनाएको छ ।

 

प्रतिक्रया दिनुहोस्