दार्चुलामा जिप दुर्घटनामा परि एकजनाको मृत्यु ।

दार्चुला, ५ कार्तिक ।
महाकाली नगरपालिका वडा नं ९ दत्तु चुच्चैमा महाकाली यातायातको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

सदरमुकाम खलंगादेखि मालिकार्जुनतर्फ गइरहेको से१ज ५९६ नंको जिप सोतर्यौडा खोलामा दुर्घटनाग्रस्त हुँदा जिप मालिक महाकाली नगरपालिका–७ का २४ वर्षीय भूपेन्द्र बडूको घटनास्थलमै मृत्यु भएको हो। गम्भीर घाइते चालक देवराम कोलीलाई सशस्त्र प्रहरीको टोलीले उद्धार गरी जिल्ला अस्पतालतर्फ लगिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

ओरालो खोल्सामा सडकबाट सय मिटर तल खोलामा पल्टेको जिपमा दुई जना मात्रै सवार थिए। दुवै रातभर जात्रामा रहेका कारण अनिदोमा जिप चलाउँदा दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

 

प्रतिक्रया दिनुहोस्