दाङमा एक व्यक्तिको मृत्युपछि देउसी-भैलो खेल्न प्रतिबन्ध ।

दाङ, ५ कार्तिक ।
देउसी-भैलो कार्यक्रममा धारिलो हतियार प्रहार भएर एक व्यक्तिको मृत्यु भएपछि दाङमा प्रशासनले आज आइतबार देखि देउसी-भैलो खेल्न रोक लगाएको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ मा साजखुट्टीमा भैलो खेल्ने क्रममा चक्कु प्रहार हुँदा एक जनाको मृत्यु भएपछि प्रशासनले देउसी-भैलोमा रोक लगाएको हो । दाङमा तिहार सकिएको एक सातासम्म पनि देउसी-भैलो खेल्ने गरिन्छ ।

प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले रमाइलोको नाममा विकृति बढेको गुनासो आएपछि देउसी-भैलोमा रोक लगाइएको बताए।

प्रशासनको आदेश अनुसार देउखुरी क्षेत्रको लमहीमा पनि देउसी-भैलो खेल्न प्रतिबन्ध लगाइएको वडा प्रहरी कार्यालय लमहीका निमित्त प्रहरी प्रमुख नरेश ढकालले बताए ।

 

प्रतिक्रया दिनुहोस्