फोरमका तत्कालीन महामन्त्री आलम एमालेमा प्रवेश ।

काठमाडौं,५ कात्तिक ।
नेपाल लोकतान्त्रिक फोरमका तत्कालीन महामन्त्री तथा पूर्वराज्यमन्त्री मुस्ताक आलम नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमाले पार्टी अध्यक्ष केपी ओलीले बालकोटमा उनलाई स्वागत गर्दै आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वामपन्थी शक्तिको विजय सुनिश्चित रहेको बताए । मुलुकको राष्ट्रियता संरक्षणका लागि एमालेले विगतमा निर्वाह गरेको भूमिकाका कारण अहिले उक्त पार्टीमा विभिन्न दलका नेता तथा कार्यकर्ताको प्रवेशको लहर चलेको विचार उनले व्यक्त गरे ।

उपाध्यक्ष वामदेव गौतमले पार्टीले लिएका सिद्धान्त र वैचारिक दृष्टिकोणले जनताको स्वाभिमान र राजनीतिक अधिकारलाई सुरक्षित गरी देशलाई आर्थिक समृद्धितर्फ लैजानसक्ने बताए ।

पूर्वराज्यमन्त्री आलमले मुलुकमा भएका विभिन्न परिवर्तनमा एमालेले लिएको नेतृत्व र राष्ट्रिय अखन्डतामा पार्टीले लिएको प्रष्ट दृष्टिकोणका कारण आफू सो पार्टीमा प्रवेश गरेको बताए ।

 

प्रतिक्रया दिनुहोस्