मुख्य सचिवमा रेग्मी, र प्राधिकरणमा पूर्व अर्थसचिव भुसाल नियुक्त ।

काठमाडौं,६ कात्तिक ।
सरकारले मुख्य सचिवमा लोकदर्शन रेग्मीलाई नियुक्त गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद बैठकले गृहसचिव रेग्मीलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले उमेर हदका कारण मंगलबारदेखि अवकाश पाउने भएपछि सरकारले नयाँ मुख्यसचिवमा रेग्मीलाई नियुक्त गरेको हो ।

यसैगरी बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेलले दिएको राजीनामा स्वीकृत गरेको छ । पोखरेलले आगामी निर्वाचनमा प्युठानबाट उम्मेदवारी दिने चाहना राख्दै प्राधिकरणको कार्यकारी अधिकृतबाट राजीनामा दिएका थिए ।

प्राधिकरणको जिम्मेवारी तत्कालका लागि पूर्व अर्थसचिव युवराज भुसाललाई दिने निर्णय बैठकले गरेको छ । यस्तै आजजो बैठकले केही सचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ । पर्यटन मन्त्रालयका सचिव रहेका शंकरप्रसाद अधिकारीलाई अर्थ मन्त्रालयको सचिवमा सरुवा गर्ने निर्णय बैठकले गरेको छ ।

प्रतिक्रया दिनुहोस्