पिक्निक खान गएका दुई बालबालिका कर्णाली नदिमा बेपत्ता ।

बिनोद देवकोटा बौनिया, ६ कार्तिक ।

कर्णाली नदिमा नुहाउने क्रममा २ जना बालबालीका बेपत्ता भएका छन ।

जिल्लाको लम्कीचुहा नगरपाली स्थित पितमारीमा पिकनिक खान गएका लम्कीचुहा नगरपालीका २ गणेशपुरका राम प्रसाद धमालाकी ११ वर्षिया छोरी शर्मिला धमाला र जगन्नाथ धमालाका १४ वर्षिय छोरा चक्र धमाला बेपत्ता भएका हुन ।

उनिहरु आज दिउसो दुई बजेदेखी बेपत्ता भएको आफन्तले जनाएका छ्न । उनीहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रया दिनुहोस्