ग्रामिण सडक विस्तार गर्नु विकासको पहिलो कार्य: बजगाई ।

पवन मुडभरी कार्तीक ६ बौनीयां ।
कैलालीको लम्कीचुहा नगरपालीकाका प्रमुख महादेव बजगाईले नगरपालीकाका १० वटै वडामा ग्रामिण सडकहरु बिस्तार गर्नु बिकासको पहिलो कार्य भएको बताउनु भएको छ ।

उहाले साघुरा सडकका कारण नागरिकमा पर्न गएको असुबिधाजनक परिस्थितिलाई ध्यानमा राखेर ग्रामीण सडकहरु ३० फुट चौडाई बनाएर विस्तार गर्नु मुख्य आबस्यक्ता भएको बताउनुभयो । नगरपालीकाका ग्रामिण सडकहरु चौडाई गर्ने क्रममा आज वार्ड नं ६ को तिलखा चौराहदेखी गुलरेनी जोड्ने २ किलो मिटर सडक विस्तार गर्ने कार्यक्रमको उद्घाटन गर्दै उहांले यस्तो बताउनुभएको हो ।

नगरप्रमुख बजगाईले २ महिनाभित्र सडक बिस्तार कार्य सम्पन्न गर्ने र अर्को वर्ष कालोपत्रे गर्ने कार्य सुरु गरिने पनि बताउनुभयो ।

 

प्रतिक्रया दिनुहोस्