मेस्सि र नेइमारलाइ पछि पार्दै फिफा बर्ष खेलाडीको उपाधि क्रिस्टियानो रोनाल्डोलाई ।

काठमाडौ, ७ कात्तिक ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले वर्षका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकको अवार्ड सार्वजनिक गरेको छ । जसमा यो बर्षको फिफा बर्ष खेलाडि अवार्ड पोर्चुगल र रियल मड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले जितेको छन् ।

सोमबार राति लन्डनमा भएको भव्य समारोहमा रोनाल्डोलाई अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड प्रदान गरेको हो। रोनाल्डोले फिफा बर्ष खेलाडिको अवार्ड जितेको यो पाँचौ पटक हो।

फिफा ब्यालन डो’रमा फ्रान्स फुटबलले हात निकालेपछि फिफाले ‘द बेष्ट’ नामाकरण गरेर नयाँ उपाधिको थालनी गरेको दोस्रो बर्ष पनि रोनाल्डोले नै सफलता हात परेका छन। यसपटक अवार्ड जित्ने क्रममा रोनाल्डोले मेस्सी र पीएसजीका नेयमारलाई पछि पारे ।

रियलले गत बर्ष च्याम्पियन लिग र ला लिगा उपाधि जित्दा रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरेका थिए । म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्ड रोनाल्डोको नेतृत्वमा आगामी बर्ष हुने फिफा विश्वकपमा पोर्चुगल छनोट भैसकेको छ  ।

अवार्डका लागि फिफाले गत महिना ८ विधाको अन्तिम मनोनयन सार्वजनिक गरेको थियो। फ्रान्स फुटबल र फिफाले सन् २०१० देखि संयुक्त रुपमा दिदैं आएको फिफा ब्यालन डो’रमा फ्रान्स फुटबलले हात निकालेपछि फिफाले ‘द बेष्ट’ नामाकरण गरेर गत बर्षबाट नयाँ उपाधिको थालनी गरेको हो।

फिफाले निम्नानुसारको विधाहरुमा उपाधि वितरण गरेको थियो ।

‘द बेष्ट’ पुरुष खेलाडी: क्रिस्टियानो रोनाल्डो
द बेष्ट’ महिला खेलाडी: लिके मार्टिन्स (नेदरल्याण्ड)
‘द बेष्ट’ पुरुष प्रशिक्षक: जिनेदिन जिदान (रियल मड्रीड फूटबल क्लब)
द बेष्ट’ महिला प्रशिक्षक: सरिना विग्मन (नेदरल्याण्ड)
द बेष्ट’ फिफा गोलकिपर: जियानलुइजि बुफन (ईटाली र युभेन्टस)
फिफा फेअर प्ले अवार्ड: फ्रान्सिस कोने (टोगो)
फिफा पुस्कास अवार्ड: ओलिभर जिरुड (फ्रान्स र आर्सनल)
फिफा फ्यान अवार्ड: सेल्टिक फुटबल क्लब
फिफा विश्व ११: बुफन; बोनुचि, रामोस, मार्सेलो, आल्भेस; मोद्रिच, ईनिएस्टा, क्रुज; मेस्सी, रोनाल्डो, नेयमार

 

प्रतिक्रया दिनुहोस्