सवारीसाधन कारबाहीबाट दाङमा ४४ लाख राजस्व संकलन ।

दाङ, ७ कात्तिक ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालू आर्थिक वर्षको तीन महिना अवधिमा नियमविपरीत सवारी साधन चाउनेलाई कारबाही गरी रु ४४ लाख ३७ हजार राजस्व संकलन गरेको छ।

तीन महिनामा सात हजार दुई सय सवारी चालकलाई गरेको कारबाहीबाट सो रकम असुल भएको ट्राफिक प्रहरी प्रमुख ओमप्रकाश वाग्लेले जानकारी दिए।

गत साउनमा दुई हजार पाँच सय सवारी चालकलाई कारबाही गरी रू १२ लाख ३५ हजार, भदौमा दुई हजार ५९८ सवारी चालकलाई कारबाही गरी रू १६ लाख ४५ हजार राजश्व संकलन गरेको ट्राफिक प्रहरी प्रमुख वाग्लेले बताए।

उनका अनुसार असोजमा दुई हजार छ सय सवारी चालकलाई गरिएको कारबाहीमा रू १५ लाख ५७ हजार पाँच सय रुपैया राजस्व सड्ढलन भएको छ ।

प्रतिक्रया दिनुहोस्