भाइटीकाको दिनदेखि बेपत्ता तीन बालक अझै सम्पर्कमा आएनन् ।

कञ्चनपुर, ७ कात्तिक ।
जिल्लाको शुक्लाफाँटा नगरपालिकाका तीनजना बालक भाइटीकाको दिनदेखि बेपत्ता भएका कलुवापुरका ११ वर्षीय प्रकाश कठायत, प्रकाश साउद र केशव बिष्ट बेपत्ता भएका हुन्। प्रकाश कठायतले घरबाटै नगद ७७ हजार र रु १५ हजार मूल्य पर्ने मोबाइलसमेत लगेर बेपत्ता भएकाले कसैले प्रभोलनमा पारेर बेपत्ता पारेको उनका बुबा दीपेन्द्रबहादुर कठायतले बताए। उनको कानमा सुनका मुन्द्रासमेत भएको उनको भनाइ छ।

‘घरबाटै भागेकै दिन दिउँसो कैलालीको अत्तरिया बजारमा छिमेकीले देखेका थिए,’ उनले भने, ‘त्यसपछि छोराको पत्तो लाग्न सकेको छैन।’

पैसा र सुनको मुन्द्राका लागि छोरालाई बेपत्ता बनाइएको उनले आशंका गरेका छन्। यसबारे सम्भावित क्षेत्रमा खोजी गर्दासमेत भेट्न नसकेपछि प्रहरीलाई खोजीका लागि आग्रह गरिएको बेपत्ता बालकका आफन्तहरुले बताएका छन्।
रासस

प्रतिक्रया दिनुहोस्