सेवाग्राहीसङ्ग घुस लिने प्राधिकरणका कर्मचारी अखितयारको नियन्त्रणमा ।

बाँके, ७ कात्तिक ।
बाँकेमा सेवाग्राहीसङ्ग घुस लिदै गरेको अबस्थामा बिधुत प्राधिकरणका एकजना कर्मचारी अख्तियारको फन्दामा परेका छ्न ।

खजुरा गाउँपालिकामा रहेको प्राधिकरणको नोलाइट शाखामा प्राविधिक (तेश्रो तह) पदमा कार्यरत कर्मचारी जयराम न्यौपानेलाइ अख्तियारले घुससहित रङ्गेहात पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कोहलपुरको टोलीले सेवाग्राहीसँग मिटर जडान कार्य गर्नका लागि घुस रकम माग गरेको भन्ने सूचना एवं उजुरीको आधारमा न्यौपानालेलाई  ९ हजार रुपैयाँ घुस लिदै गर्दा रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कोहलपुरका निमित्त प्रमुख नारायणदत्त उपाध्यायले जानकारी दिनुभयो ।

अख्तियारले यसअघि पनि नेपाल विद्युत प्राधिकरणको नेपालगन्ज बितरण केन्द्रबाट एकजना कर्मचारीलाई सेवाग्राहीसँग घुस रकम लिदै गर्दा पक्राउ गरेको थियो ।

 

प्रतिक्रया दिनुहोस्