जोशीपुर गाउँपालीकालाइ सरसफाइयुक्त बनाउने सरोकारवालाहरुको प्रतिबद्धता ।

पवन मुडभरी बौनिया, ७ कार्तिक ।
कैलालीको जोशीपुर गाउँपालीकालाई सरसफाइयुक्त बनाउनका लागि सरोकारवाला निकायहरुले चासो ब्यक्त गरेका छ्न ।

सफा घर, स्वच्छ पानी, सुन्दर समृद्ध गाउघर जोशिपुर गाउपालीकाको रहर भन्ने मुल नाराकासाथ जोशीपुर गाउपालीका , सेवक नेपाल र युनिशेफ नेपालको संयुक्त आयोजनामा आज भएको एकदिने बिचार गोष्ठीमा सहभागी सरोकारवाला निकायहरुले यस्तो चासो ब्यक्त गरेका हुन ।

सुन्दर सुदुरपश्चिम्को परिकल्पना सहित विभिन्न चेतनामूलक कार्यक्रमहरु जिल्लामा भैरहेको अबस्थामा जोशीपुर गाउपालीकामा रहेका सरोकारवाला निकायहरुले यसप्रती चासो देखाउदै गाउँपालीकालाइ सुन्दर र सरसफाइयुक्त बनाउनका लागि साझा अवधारणासहित अघि बढ्ने प्रतिबद्धता जनाएका हुन ।

यसकानिम्ती स्थानीय सरोकारवाला निकायहरुले घरघरबाट नागरिकहरु प्रतिबद्ध भयर लाग्नुपर्नेमा जोड दिएका छन । कार्यक्रममा गाउपालीकालाइ सरसफाइयुक्त बनाउनकालागि यहाका राजनीतिक दल, बुद्धिजिवि लगाएत सबैले साझा धारणासहित अघि बढनुपर्नेमा उनिहरुले जोड दिए ।

कार्यक्रममा स्थानिय राजनितीक दल , शिक्षक , गाउपालीका जनप्रतिनीधी लगायतको सहभागिता रहेको थियो । गाउपालीका अध्यक्ष रामकृष्ण चौधरीको अध्यक्षतामा सम्पन्न गोष्ठीमा युनिसेफ नेपालका शोभनाथ आचार्यले सहजीकरण गर्नुभएको थियो भनेकार्यक्रमको सञ्चालन स्वास्थ्य संयोजक कैलाश चौधरीले गर्नुभएको थियो ।

 

प्रतिक्रया दिनुहोस्